काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही बेरअघि सुरू भएको हो। बैठक नियमित भनिए पनि केही महत्त्वपूर्ण निर्णय हुने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकले केही देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना रहेको स्रोतले बतायो । पूर्ववर्ती सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएको थियो । चीन, रुसलगायत देशका राजदूतलाई फिर्ता बोलाउने सम्भावना रहेको बताइएको छ ।