Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द

  • बिहिवार, श्रावण १० २०८१

  • 694
    SHARES

  • साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन करिब साढे २७ अंकको करेक्सन भएको बजार, यस दिन पुनः बढेर बन्द भएको हो।

    यस दिन बजार पूँजीबजारमैत्री मौद्रिक नीति आउने अपेक्षामा बढेको हो। केन्द्रिय बैंकले भोली शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सर्वाजनिक गर्ने सम्भावना रहेको छ। 

    बिहीबार नेप्से परिसूचक ३२.०२ अंक बढेर २५६८.१३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ७.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक बढेको छ।

    नेप्से बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो कारोबार दिन १६ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२० स्टकको १ लाख ५९ हजार ७५७ पटकको कारोबारमा १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँबराबरको ३ करोड ५५ लाख ९४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, एशियन हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन गणपति लघुवित्त, राष्ट्रिय बीमा कम्पनी, आरएसडिसी लघुवित्त, नाडेप लघुवित्त लगायतका स्टकहरुको मूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ७.६५ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन सानिमा जीआईसी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो इन्स्योरेन्सको ३४ करोड १७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन लाइफ इन्स्योरेन्सको साढे २४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने शिवम् सिमेन्ट्सको करिब २४ करोडको शेयर किनबेच भएको छ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ६.८३ प्रतिशत बढेको छ। त्यसतै, यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने बैंकिङ्ग र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।


    बिहिवार, श्रावण १० २०८१०३:२६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij