Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बस्दै, केन्द्रीय समिति बैठक अन्यौलमा

काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बस्दै, केन्द्रीय समिति बैठक अन्यौलमा

  • बिहिवार, कार्तिक २० २०७७

  • 943
    SHARES

  • काँग्रेस पदाधिकारी र प्रभावशाली नेताहरुको बैठक बस्दै, केन्द्रीय समिति बैठक अन्यौलमा

    काठमाडौं । सांसद सूर्यबहादुर केसीको निधनका कारण स्थगित भएको काँग्रेस पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक आज बस्ने भएको छ । गत सोमबार एक दिन बसेर मंगलबार पनि बस्ने तय भएको बैठक सांसद केसीको निधनका कारण स्थगित भएको थियो ।

    भोली केन्द्रीय समितिको बैठक बोलाइएकाले पनि बैठकको वातावरण बनाउन आवश्यक रहेको भन्दै आज पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक बस्न लागेको हो । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रका बारेमा छलफल हुने जनाइएको छ ।

    वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका कतिपय निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो । १६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ । तर देउवा पक्ष भने विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ ।

    विभाग गठन, क्रियाशील सदस्यता वितरण, फरक दलबाट आएकाको समायोजन र क्रियाशील सदस्यता,भातृ संस्थाको पदावधि लगायतमा पार्टीभित्र विवाद छ । महाधिवेशनको नयाँ कार्य तालिका र सरकारविरुद्ध विरोधका कार्यक्रम तय गर्नेगरी केन्द्रीय समितिको बैठकबाट निर्णय गराउने संस्थापन पक्षको तयारी छ ।

    पौडेल पक्षसँग नै विवाद कायमै रहेको र पार्टीका केन्द्रीय सदस्यहरु नै धमाधम कोरोनाभाइरसबाट सङ्क्रमित भइरहेकाले केन्द्रीय बैठक भने अझै पनि अन्यौलमै रहेको छ ।


    बिहिवार, कार्तिक २० २०७७०७:५०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij