काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति अनिर्णीत बनेको छ । आज भएको सुनवाइपश्चात् समितिले कुनै निर्णय लिन नसकेको हो ।
श्रेष्ठमाथि यौन दुर्व्यवहारको उजुरी परेको छ । आजको सुनवाइ मुख्यतया यही आरोपको सेरोफेरोमा घुमेको थियो । संसदहरुले यही विषयमा प्रधानलाई र्याखर्याख्ति पारेका छन् ।
प्रधानले आफ्नो प्रतिरक्षा गरे पनि सांसदहरु सन्तुष्ट देखिएनन् । विषय संवेदनशील भएकोले अर्को बैठकबाट निर्णय गर्ने भन्दै उठेका छन् । प्रधानले आफूमाथि लागेको आरोपबारे सर्वोच्च अदालतमै सम्बन्धित व्यक्तिसँग मिलापत्र भइसकेको प्रष्टीकरण दिएका थिए । अब आइन्दा यो विषय दुवैले कतै पनि नउठाउने सहमतिमा दुवैले हस्ताक्षर गरेको उनले बताए ।
‘अदालतमै निरूपण भइसकेको विषयलाई अहिले आएर गलत नियतले उछाल्न खोजिएको छ,’ उनले भने ।
एक सहकर्मी महिलाले सुनवाइ समितिमा प्रधानविरुद्ध उजुरी गरेकी हुन् ।