काठमाडौं।संविधान संशोधनदेखि राजनीतिक स्थिरताको परिकल्पना गरेका सत्तारुढ दल कांग्रेस–एमालेलाई प्रतिपक्षी माओवादी केन्द्रले दबाब बढाउन शुरु गरेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै माओवादी नेता वर्षमान पुनले सोमबारको संसदमा नियमापत्ति गर्नुभयो।
नेकपा एमालेले पनि प्रधानमन्त्रीलाई प्रतिशोधका आधारमा विवादमा तान्न खोजिएको भन्दै प्रतिवाद गरेको छ।एमाले सांसद पदम गिरीले प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने काम कुनै हालतमा सैह्य नहुने बताउनुभएको छ।
प्रधानमन्त्रीले यदि कुनै उद्योगी व्यवसायीहरुले नियम बमोजिम राज्यलाई शुल्क तिरेको छैन भने अनिवार्य तिर्नुपर्छ,त्यसमा इफ बट हुँदैन भनेको गिरीले बताउनुभयो। उद्योगी व्यवसायीहरु गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेको सिफारिस अनुसार महशुल तिर्न तयार रहेको भन्दै सांसद गिरीले विद्युत प्राधिकरणले त्यसको प्रमाण दिनुपर्ने बताउनुभयो।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कुनै अमुख उद्योगीले महसुल नतिरेर विद्युत लाइन काटिँदा प्रधानमन्त्रीलाई पोलेको आरोप लगाउनुभयो। सरकारले यसै विषयलाई प्रतिष्ठाको लडाईंका रुपमा चित्रण गरेको उहाँको भनाइ छ।
राजनीतिक विश्लेषक प्राडा प्रेम शर्माले भने दुई ठूला दलहरुको सहकार्यमा शंकाको लाभ लिन सकिने दाबी गर्नुभयो। हिजोका दृष्टान्तहरुले ढुक्क भइहाल्ने अवस्था नरहेको उहाँको भनाइ छ।कार्यशैलीमा सुधार गरेर दुई दलले सच्चिनुको विकल्प नरहेको समेत शर्माले बताउनु भयो।
सरकार गठनको विषयमा सत्तापक्षमा विवाद देखिन थालेको छ।कांग्रेस सचेतक शुशीला थिङले आजैको संसदमा महिला प्रतिनिधित्वको विषयलाई उठाउनुभएको थियो। यद्यपि सुशासनको गठजोड भए धेरैले सहयोग नै गर्ने बताएका छन्। यो सरकारको प्रारुप प्रष्ट हुन केही दिन कुनैपर्ने हुन्छ।