काठमाडौं । बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।
लामा बागमती प्रदेशमा कांग्रेसबाट पहिलो पटक मुख्यमन्त्री हुनुभएको छ । लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।
प्रदेश प्रमुख शर्माले मंगलबार ५ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नुभएको थियो । मुख्यमन्त्री लामाको शपथग्रहण भोलि बुधबार ११ बजे बिहान हुने जनाइएको छ।
लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।