Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

चारैतर्फ निराशा छायो, आशामा बदलौँ, विद्युत् महसुल तिर्न नसकेका जनताबारे पनि  सोचौँ : डा. चन्द्र भण्डारी

चारैतर्फ निराशा छायो, आशामा बदलौँ, विद्युत् महसुल तिर्न नसकेका जनताबारे पनि  सोचौँ : डा. चन्द्र भण्डारी

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.2K
    SHARES

  • चारैतर्फ निराशा छायो, आशामा बदलौँ, विद्युत् महसुल तिर्न नसकेका जनताबारे पनि  सोचौँ : डा. चन्द्र भण्डारी
    काठमाडौं । नेपाली समाजमा राजनीतिक दलहरूमाथि आशा हराउँदै गएको कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीले बताउनुभएको छ । मुलुक सञ्चालनका लागि योजना नहुँदा धेरैतिर निराशा मात्रै छाउँदै गएको उहाँको दाबी छ ।
     
    नेपालले सत्ता परिवर्तनको ओलम्पिक गेम जितेको बताउँदै उहाँले यो विषय लज्जास्पद रहेको तर्क गर्नुभयो । भण्डारीले अब केही हुँदैन भन्ने भाष्य निर्माण भएको बताउँदै नयाँ बनेको समीकरणले यसलाई चिर्नुपर्ने चुनौती रहेको बताउनुभयो ।
     
    यस्तै सांसद भण्डारीले विद्युतको न्यूनतम महसुल तिर्न नसकी लाइन काटिएका पौने दुई लाख जनताका बारेमा सदनमा छलफल हुनुपर्ने बताउनुभएको छ ।
     
    प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा उहाँले जनताको मतबाट निर्वाचित सांसदले ठूला व्यक्तिका बारेमा मात्र छलफल गर्ने परम्पराबाट मुलुक समृद्धिको मार्गमा अगाडि बढ्न नसक्ने बताउनुभयो।
     
    सांसद भण्डारीले प्रश्न गर्नुभयो, ‘केही सीमित व्यक्तिका निम्ति सदनमा बहस भइरहेको छ, तर एक लाख ७५ हजार जनताले पैसा तिर्न नसकेर बिजुली काटिएको छ। तिनका बारेमा कसले छलफल गर्ने ? जनताको मत लिने तर छलफल ठूला व्यक्तिको मात्र गर्ने ?’
     
    तीन दिनदेखि सदनमा ‘लोडसेडिङ’का समयमा ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनबाट निरन्तर बिजुली पाइरहेका उद्योगसँग बक्यौता २१ खर्ब उठाउने वा छोड्ने वा कसले तिर्ने भन्नेमा दोहोरी चलिरहेकामा उनले दुःख व्यक्त गर्नुभयो ।
     
    संसद्‌मा ठुलाबडाको कुरा गर्ने, जनताका कुरा नगर्ने परम्पराबाट सरकार जनताबाट धेरै टाढा भएको अनुभूति भएको उल्लेख गर्दै सांसद भण्डारीले सदनमा जनताको समस्यामा छलफल हुनुपर्ने बताउनुभयो।


    मंगलवार, श्रावण ८ २०८१०५:४३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij