Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने विद्युत् प्राधिकरणको निर्णय

६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने विद्युत् प्राधिकरणको निर्णय

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.6K
    SHARES

  • ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोड्ने विद्युत् प्राधिकरणको निर्णय
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काटिएका ६ वटा उद्योगको बिजुली जोडिदिने निर्णय गरेको छ। मंगलबार(आज) बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका उद्योगमा बिजुली जोडिदिने निर्णय गरेको हो।
     
    प्राधिकरणले गत २५ असारदेखि ती उद्योगको लाइन काटेको थियो। आगामी तीन महिना भित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।
     
    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार लाइन जोडिदिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको थियो । तर घिसिङले उक्त निर्देशन अवज्ञा गर्नुभएको थियो। त्यसपछि आइतबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै काटिएको लाइन तत्काल जोडिदिन लिखित निर्देशन दिएको थियो।
     
    त्यति गर्दा पनि हिजोको बोर्ड बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लाइन जोड्न मान्नुभएको थिएन। तर, आज बसेको बैठकले ३ महिनाभित्र महसुल बुझाउने सर्त राखेर लाइन जोडिदिने निर्णय गरेको प्राधिकरणले जनाएको छ । तर, यो निर्णयमा सञ्चालक समिति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले असहमति जनाउनुभएको छ ।  प्राधिकरणका अर्का सञ्चालक रतन अयरले निर्णय हिजै भए पनि माइन्युट आज बनेको बताउनुभयो ।


    मंगलवार, श्रावण ८ २०८१०४:३५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij