Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सांसद वीरेन्द्र महतोले ५ हजार घुस बुझाएकोबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

सांसद वीरेन्द्र महतोले ५ हजार घुस बुझाएकोबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.8K
    SHARES

  • सांसद वीरेन्द्र महतोले ५ हजार घुस बुझाएकोबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
    काठमाडौं । गृहमन्त्री रमेश लेखकले छोराको प्रमाणपत्र समकक्षता प्रमाणीकरणका लागि ५ हजार घुस दिएको घटनाको छानबिन गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । घटनालाई गम्भीरतापूर्वक लिएको मन्त्री लेखकले बताउनुभयो । 
     
    मंगलबार(आज) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै लेखकले घुस बुझाएका सांसद वीरेन्द्र महतोसँग आफूले कुरा गरेको बताउनुभयो । 
     
    ‘छोराको सर्टिफिकेट सम्बन्धमा माननीय सदस्यले ५ हजार रूपैयाँ घुस दिनुपरेको भन्ने सम्बन्धमा मैले व्यक्तिगत रूपमा सोधेर घुल माग्ने व्यक्ति चिनाइदिन आग्रह गरेको छु,’ मन्त्री लेखकले संसद्मा भन्नुभयो, ‘तत्काल छानबिन गर्नका लागि प्रहरीलाई निर्देशन दिइएको छ । सरकारले गम्भीरतापूर्वक लिएको छ ।’ 
     
    यसअघि जसपा नेपालका सांसद एवं पूर्वमन्त्री वीरेन्द्र महतोले आफूले छोरोको सर्टिफिकेट प्रमाणित गर्न शिक्षा मन्त्रालयअन्तर्गत सानोठिमीको एक कार्यालयमा ५ हजार रुपैयाँ घुस दिएको आइतबार संसद्मा बताउनुभएको थियो । 
     
    मंगलबारको बैठकमा कांग्रेस सांसद राजन केसीले यति गम्भीर विषयमा सरकारलाई जवाफका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।  


    मंगलवार, श्रावण ८ २०८१०४:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij