Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कोशीका पूर्व मुख्यमन्त्री कार्की विरुद्ध सचिवको उजुरी

कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कोशीका पूर्व मुख्यमन्त्री कार्की विरुद्ध सचिवको उजुरी

  • मंगलवार, श्रावण ८ २०८१

  • 1.1K
    SHARES

  • कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कोशीका पूर्व मुख्यमन्त्री कार्की विरुद्ध सचिवको उजुरी
    काठमाडौं । कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की विरुद्ध एक जना सचिवले उजुरी दर्ता गर्नुभएको छ। सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई सोमबार साँझ कार्कीले फोन गरी कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिनुभएको हो।
     
    उहाँले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिनुभएको हो । पूर्व मुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताउनुभयो।
     
    उहाँले भन्नुभयो, ‘पूर्वमुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नुभयो। मलाई असुरक्षा भयो, मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ।’
     
    विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईको दाबी छ।
     
    केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो। आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताउनुभयो।


    मंगलवार, श्रावण ८ २०८१०३:३६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij