Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढ्यो, लगानीकर्तामा उत्साह

मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढ्यो, लगानीकर्तामा उत्साह

  • मंगलवार, श्रावण ८ २०८१

  • 964
    SHARES

  • मंगलबार सेयर बजार ३.०२ प्रतिशत बढ्यो, लगानीकर्तामा उत्साह

    काठमाडौं । मंगलबार शेयर बजार ३.०२ प्रतिशत बढेको छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो ।

    यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही बढेको छ । अघिल्लो दिन १३ अर्ब ९१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ११ करोड पुग्यो । २२० कम्पनीको मूल्य बढ्दा २० को घट्यो भने २ को स्थिर रह्यो । सबै क्षेत्रका सूचकहरु बढेका छन् ।

    बैंकिङ २.३९, विकास बैंक २.९६, फाइनान्स २.५३, होटल तथा पर्यटन ३.१४, हाइड्रोपावर ३.९७, लगानी ३.८७, जीवन बीमा ४.४५, उत्पादन ३.७७, माइक्रोफाइनान्स १.३९, निर्जीवन बीमा ४.३७, अन्य १.७३ र व्यापार समूह ५.०६ प्रतिशत बढे । होटल तथा पर्यटन समूहको सूचक हालसम्मकै उच्च ६५९१ विन्दुमा पुगेको छ ।

    ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, साहस ऊर्जा र हिमालय ऊर्जा विकास कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिभर्सल पावरको ९.८ तथा पिपुल्स पावरको मूल्य ८.७ प्रतिशत बढ्यो ।

    गणपति लघुवित्तको मूल्य ५.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुङ्गा विकास बैंक र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।


    मंगलवार, श्रावण ८ २०८१०३:३१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij