Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

बागमतीमा सहमति : कांग्रेस र एमाले २०–२० महिना सरकारको नेतृत्व गर्ने

बागमतीमा सहमति : कांग्रेस र एमाले २०–२० महिना सरकारको नेतृत्व गर्ने

  • मंगलवार, श्रावण ८ २०८१

  • 335
    SHARES

  • बागमतीमा सहमति : कांग्रेस र एमाले २०–२० महिना सरकारको नेतृत्व गर्ने

    काठमाडौं। बागमतीमा नेपाली कांग्रेस र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

    मंगलबार कांग्रेस र एमाले नेताहरुबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो।

    उहाँका अनुसार प्रदेशसभाको अवधि अब ४१ महिना रहेको छ । कांग्रेस र एमालेबीच २०÷२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

    बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नुहुनेछ । कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।

    यसअघि मंगलबार बिहान एमालेले आर्थिक मामिला र कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय लिने सहमति भएको थियो ।


    मंगलवार, श्रावण ८ २०८१०१:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij