Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र सांसदहरुबीच संसदमा सवालजवाफ, सुशासनको पक्षमा दृढ रहेको ओलीको जिकिर, विद्युत महसुलका विषयमा विवाद (खासखबर)

प्रधानमन्त्री र सांसदहरुबीच संसदमा सवालजवाफ, सुशासनको पक्षमा दृढ रहेको ओलीको जिकिर, विद्युत महसुलका विषयमा विवाद (खासखबर)

  • सोमवार, श्रावण ७ २०८१

  • 505
    SHARES

  • प्रधानमन्त्री र सांसदहरुबीच संसदमा सवालजवाफ, सुशासनको पक्षमा दृढ रहेको ओलीको जिकिर, विद्युत महसुलका विषयमा विवाद (खासखबर)

    काठमाडौं। संसदबाट हिजो दुईतिहाई विश्वासको मत लिनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज प्रश्नोत्तर गरेका छन्। मुलुकलाई सुशासनको दिशामा अगाडि बढाउनका निम्ति नयाँ सहकार्य गरिएको बताएका प्रधानमन्त्री ओलीमाथि प्रतिपक्षी सांसदहरुको आशंका कायमै रहेको छ।

    डेढ वर्षभित्र तीनपटकको सत्तापलट र पाँचौ पटकसम्म विश्वासको मत लिनुभएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण विपरित धु्रवका दलहरु एकठाउँमा उभिएको पनि उत्तिकै चर्चा हुने गरेको छ।

    आजको प्रश्नोत्तरका क्रममा सांसद र प्रधानमन्त्रीबीच घोचपेच भएको थियो। माओवादी सांसद लेखनाथ दाहालले विद्युतको महशुल उठाउने कुरामा प्रधानमन्त्री गम्भीर नभएको भनेपछि ओली आक्रोशित मुद्रामा देखिनुभयो।

    प्रधानमन्त्री ओलीले असार १७ गते मध्यराति चपलीहाइटमा कांग्रेससँग गरिएको सातबुँदे सहमतिको खाका समेत सार्वजनिक गर्नुभएको छ। सहमति अनुसार अधिकांश बुँदाले राष्ट्रिय सहमतिकै सरकार खोजिरहेको देखाउँछ । संसदमा पनि प्रधानमन्त्रीले सकेसम्म राष्ट्रिय सहमतिकै प्रयास गरिने बताउनुभएको छ।

    सत्ताघटकको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत संविधान संशोधनको मुद्धामा सबै दलहरुसँग सहमति खोजिने दाबी गर्नुभएको छ। उता, प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद दीपकबहादुर सिंहले सिमानाको विषयमा प्रधानमन्त्रीको धारणा माग गर्नुभयो।

    राजनीतिक विश्लेषक होमराज आचार्यले प्रतिपक्षमा रहेका दलहरु त्रसित मुद्रामा रहेको बताउनुभयो। सरकारलाई खबरदारी गर्ने विषयमा चनाखो बन्दै बाँकी जिम्मा जनतालाई छोड्नुपर्ने उहाँको तर्क छ।

    साना दलहरुलाई भने यो समिकरणले सन्त्रास पैदा गराएको छ। दुई दलीय प्रणालीमा मुलुकलाई लैजाने एजेण्डा अनुरुप यो गठजोड भएको हल्लाका बीच उनीहरु जनतासँग पनि विश्वस्त छैनन्। विभिन्न दलहरुसँगको सहकार्यले सत्तामा पुग्ने बानी परेका साना दलहरुको प्रवृत्तिलाई यो समिकरणले निरुत्साहित गर्ने अपेक्षा लिइएको छ।


    सोमवार, श्रावण ७ २०८१०८:०३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij