काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने प्रष्ट पार्नुभएको छ। कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपबारे जवाफ दिँदै उहाँले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताउनुभयो ।
आज संसद वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले मध्यरातमा सहमति गर्नुको कारण सोध्नुभएको थियो ।
उहाँको प्रश्न थियो, ‘मध्यराति के आपत पर्यो र १२ घन्टा पर्खिन नसक्नेगरी सात बुँदे सम्झौता गर्नुको कारण के हो ? के यसमा आम नेपालीले थाहा पाउँदा विद्रोह गर्ने विषय छन् र ?’
प्रधानमन्त्रीले यसमा लिखित जवाफ नदिइकन मौखिकरूपमै बोल्नुभयो ।