Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव, २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा समेटियो

सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव, २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा समेटियो

  • सोमवार, श्रावण ७ २०८१

  • 914
    SHARES

  • सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव, २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा समेटियो

    काठमाडौं । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।

    कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

    अन्ततः बजार २४८८ अंकमा बन्द भयो, जुन अघिल्लो दिनको तुलनामा २.१५ अंक बढी हो । तीव्र उतारचढावका बीच बढेरै बजार बन्द भयो ।

    कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब नाघेको कारोबार आज १३ अर्ब ९१ करोडमा खुम्चियो । ११५ कम्पनीको मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रह्यो ।

    सोमवार, श्रावण ७ २०८१०४:१८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij