Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

यातायात कार्यालयको सर्भर डाउन हुँदा देशभरका सेवाग्राहीहरु समस्यामा

यातायात कार्यालयको सर्भर डाउन हुँदा देशभरका सेवाग्राहीहरु समस्यामा

  • सोमवार, श्रावण ७ २०८१

  • 856
    SHARES

  • यातायात कार्यालयको सर्भर डाउन हुँदा देशभरका सेवाग्राहीहरु समस्यामा

    काठमाडौं । सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

    यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताउनुभयो ।

    प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

     


    सोमवार, श्रावण ७ २०८१०२:०४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij