Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

बागमती र लुम्बिनीमा आज नयाँ सरकार बन्दै, एमालेका गिरी र कांग्रेसका लामा मुख्यमन्त्री बन्ने

बागमती र लुम्बिनीमा आज नयाँ सरकार बन्दै, एमालेका गिरी र कांग्रेसका लामा मुख्यमन्त्री बन्ने

  • सोमवार, श्रावण ७ २०८१

  • 1.4K
    SHARES

  • बागमती र लुम्बिनीमा आज नयाँ सरकार बन्दै, एमालेका गिरी र कांग्रेसका लामा मुख्यमन्त्री बन्ने
    काठमाडौं । बागमती र लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका दुवै प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिएपछि आज एमाले–कांग्रेसको नयाँ समीकरणअनुसार नयाँ सरकार बन्न लागेको हो । 
     
    दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि हिजो नै प्रदेश प्रमुखले दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । यसअघि हिजो नै बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको थियो । 
     
    त्यसलगत्तै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दाबी पेश गर्न दलहरूलाई आह्वान गर्नुभएको हो । 
     
    यस्तै, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न साउन ८ गते साँझ ५ बजेसम्मको समय तोक्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दाबी पेश गर्नुपर्छ ।
     
    लुम्बिनीमा अब एमाले नेतृत्वमा नयाँ सरकार बन्ने छ । मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्नुहुने भएको छ । त्यसको लागि आज दिउँसो १ बजे प्रमुख प्रमुख समक्ष एमाले र कांग्रेससहित साना दलको पनि हस्ताक्षरसहित दाबी पेश गर्ने दलहरूको तयारी छ ।
     
    एमाले प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्रीमा लीला गिरीको दाबी पेश गर्ने बताउनुभयो । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ । प्रदेशसभा एमालेका २९ र कांग्रेसको २७ मत छ । जुन सरकार गठनको लागि झण्डै दुई तिहाइ नजिकको मत हो । गिरी यसअघि ३ महिना मुख्यमन्त्री बन्नुभएको थियो ।
     
    यसैगरी बागमती प्रदेशका कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले पनि आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गर्नुभएको छ । एमालेको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लाग्नुभएको हो । कांग्रेस संसदीय दलका नेता लामाले आज दाबी पेश गर्ने तयारी भएको जानकारी दिनुभयो । 
     


    सोमवार, श्रावण ७ २०८१०७:५०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij