काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिनुभएको छ।
आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक राखिएको थियो । सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिनुभएको हो ।
संघमा सत्ता समीकरणमा परिवर्तन भएसँगै बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र)बाट मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल अल्पमतमा पर्नुभएको हो।