Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

नेप्सेको बढ्ने दर निरन्तर, कारोबार रकम १५ अर्ब बढी

नेप्सेको बढ्ने दर निरन्तर, कारोबार रकम १५ अर्ब बढी

  • आइतवार, श्रावण ६ २०८१

  • 1.1K
    SHARES

  • नेप्सेको बढ्ने दर निरन्तर, कारोबार रकम १५ अर्ब बढी

    काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६१ अङ्कले बढेको छ । निरन्तर बढी रहेको नेप्से परिसूचक आज ६१.६१ अङ्कले बढेर २४८५.९४ विन्दुमा अडिएको हो ।

    आइतबार ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन कारोबारमा आएका १८१ कम्पनीको शेयर मूल्य बढेको छ । भने, ५६ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज युनाइटेड मोदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था र हिमालयन बैंक लिमिटेडको शेयर सर्किट लेबलमा कारोबारका साथ सर्वाधिक नफा कमाएका छन् ।

    कारोबारका आधारमा सोल्टी होटल्स लिमिटेड ३४ करोड १० लाख ९६ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

    गत सातादेखि निरन्तर उछाल भइरहेको नेप्से गत बिहीबार ५९.६८ अंकले बढेर २४२४ को विन्दुमा अडिएको थियो । जहाँ करिब २८ महिनायताकै उच्च विन्दुमा नेप्से पुगेको थियो । गत बिहीबार ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको करोबार भएको थियो । भने, आज पनि करिब १५ अर्ब बढीको कारोबार भएको छ ।


    आइतवार, श्रावण ६ २०८१०४:१५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij