Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

महिलाको कार्यक्रममा पुरुषलाई भिसा मागेपछि उपसभामुख राना चौतर्फी घेरामा, इज्जत जोगाउन राजीनामा माग

महिलाको कार्यक्रममा पुरुषलाई भिसा मागेपछि उपसभामुख राना चौतर्फी घेरामा, इज्जत जोगाउन राजीनामा माग

  • आइतवार, श्रावण ६ २०८१

  • 1.2K
    SHARES

  • महिलाको कार्यक्रममा पुरुषलाई भिसा मागेपछि उपसभामुख राना चौतर्फी घेरामा, इज्जत जोगाउन राजीनामा माग

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले राजीनामा माग गर्नुभएको हो ।

    उपसभामुख रानाले आफ्नो पदको दुरुपयोग गरेर ५ जनालाई अमेरिका लग्नेगरी पत्रका लेखेको विषय मानव तस्करीको प्रकृतिको भएको विश्लेषण भईरहेका बेला सांसद खतिवडाले सो घटना छानविनका लागि माग समेत गर्नुभयो । उहाँले सिंगो संसदमाथि अपमान गर्ने उपसभामुख रानाले आफनो इज्जत बचाउन पनि तत्काल पद त्याग गर्नुपर्ने जिकिर गर्नुभयो ।

    यता, उपसभामुख रानामाथि आरोप लगाएर पार्टीको बदनाम गराउने दुष्प्रयास गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सो प्रकरणप्रति असन्तुष्टि जनाएको छ ।

     


    आइतवार, श्रावण ६ २०८१०३:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij