Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको सात बुँदै सहमति

ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको सात बुँदै सहमति

  • आइतवार, श्रावण ६ २०८१

  • 2.3K
    SHARES

  • ओलीले सार्वजनिक गरे कांग्रेस–एमालेबीच भएको सात बुँदै सहमति

    काठमाडौं । कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गर्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्कय संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने बताउनुभयो ।

    प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने बिषय समेटिएको बताउनुभयो ।

    उहाँले सबै कुरा बाहिर आइरहेकाले लुकाउनुपर्ने कुरा केही नभएको बताउनुभयो ।

     


    आइतवार, श्रावण ६ २०८१०२:२८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij