काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
आफूहरुले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
अहिले सत्ता टिकाउनको लागि आफूहरुको मत आवश्यक पनि नभएको उहाँको तर्क छ। संविधान संशोधनका लागि नयाँ सरकार बनेको भनिए पनि पछिल्ला गतिविधिहरूले आशंका गर्ने धेरै ठाउँ देखाएको बताउनुभयो ।
राप्रपाले सरकारका कामकारबाही हेरेर आगामी दिनमा थप निर्णय लिने उहाँको भनाइ छ। संविधान संशोधनको सिँढी बनाएर वा खोल ओढेर सत्ता सहकार्यका लागि मात्रै मिलेको महसुश हुन थालेको सुनाउनुभयो । प्रधानमन्त्री ओलीले भोलि सदनमा विश्वासको मत लिँदैछन्।