काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता गर्नुभएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेपछी यी तीनै दल सत्ताबाट बाहिरिएका छन्। उता प्रधानमन्त्री ओलीले आगामी आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ।तर, कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरेपनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन्।
तीन शीर्ष नेताबीच माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल जारी रहेको स्रोतले जनाएको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।