Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

यो सरकारले मुलुकमा परिवर्तन गर्छ : प्रधानमन्त्री ओली

यो सरकारले मुलुकमा परिवर्तन गर्छ : प्रधानमन्त्री ओली

  • शुक्रवार, श्रावण ४ २०८१

  • 923
    SHARES

  • यो सरकारले मुलुकमा परिवर्तन गर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नयाँ सरकार मुलुकमा परिवर्तन गर्नकै लागि गठन भएको बताउनु भएको छ।नेपाल उद्योग परिसंघका प्रतिनिधिसँग आज बिहान छलफलमा उहाँले यसपटक प्रधानमन्त्री बन्नका लागि मात्रै आँफू नआएको तर्क गर्नुभयो।

    सरकारले निजी क्षेत्रको साथ सहयोग र समर्थन चाहेको भन्दै प्रधानमन्त्री ओलीले सहयोग गर्न उद्योगी व्यवसायीसँग आग्रह गर्नुभयो। ओलीले कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने बताउँदै गलत नीति लिएको बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीलाई परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिँदै अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई उकास्न सरकार चुक्न नहुनेमा जोड दिनुभयो।


    शुक्रवार, श्रावण ४ २०८१०३:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij