Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सरकारमा गएर पुराना दलसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने

सरकारमा गएर पुराना दलसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने

  • बिहिवार, श्रावण ३ २०८१

  • 817
    SHARES

  • सरकारमा गएर पुराना दलसँग उभिँदा धेरै गाली खायौँ : रवि लामिछाने

    काठमाडौं। निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आँफुहरुले सरकारमा गएर नराम्रो केही नगरेको दाबी गर्नुभएको छ। आज रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले रास्वपा सरकारमा गएर गल्ती नगरेको बताउनु भएको हो।

    सभापति लामिछानेले सरकारमा गएर नराम्रो नगरे पनि पुराना दलहरुसँग उभिँदा भने गाली खाएको बताउनुभयो । आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान कांग्रेस एमाले मिलेर सरकार बनेको दाबीसमेत उहाँले गर्नुभयो।

    उहाँले सरकारमा गएपछि देश कसले चलाउने रहेछ भन्ने थाहा पाएको जिकिर गर्दै अब कांग्रेस एमालेले पहिले भागबन्डा लुकेर गर्ने गरेपनि अब खुल्लमखुल्ला गर्ने टिप्पणी गर्नुभयो ।

     


    बिहिवार, श्रावण ३ २०८१०५:४४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij