Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेटवार्ता

  • बिहिवार, श्रावण ३ २०८१

  • 484
    SHARES

  • उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूत सङबिच भेटवार्ता

    काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चेन सङले उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ।

    भेटमा चीनका तर्फबाट राजदूत सङले उपप्रधानमन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना दिनुभयो। नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा सहकार्यका बारेमा पनि छलफल भएको छ ।

    चीनले रुकुम र जाजरकोटमा गत वर्ष गएको भूकम्पपछिको पुनर्निर्माणमा सघाउन तयार रहेको राजदूतले बताउनुभएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले दुवै देशबिचको सम्बन्ध विस्तार गर्नुहुँदै नेपाललाई अझै बढी सहयोग गर्न आग्रह गर्नुभयो ।


    बिहिवार, श्रावण ३ २०८१०४:३३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij