Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सरकार रोजगारी सिर्जना गर्न दत्तचित्त भएर लागेको छ : ऊर्जामन्त्री खड्का

सरकार रोजगारी सिर्जना गर्न दत्तचित्त भएर लागेको छ : ऊर्जामन्त्री खड्का

  • बिहिवार, श्रावण ३ २०८१

  • 758
    SHARES

  • सरकार रोजगारी सिर्जना गर्न दत्तचित्त भएर लागेको छ : ऊर्जामन्त्री खड्का

    काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउनुभएको छ।

    आज ६२औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू रहेकोले सरकार सोहीअनुरुप केन्द्रित रहेको बताउनु भएको हो ।

    मन्त्री खड्काले १० हजार मेघावाट विद्युत भारतलाई बिक्री गर्न लागेको पनि जानकारी दिनुभयो। त्यस्तै केही दिनपछि बङ्गलादेशसँग ४० मेघावाट विद्युत खरिद–बिक्रीको सम्झौता हुने जानकारी उहाँले दिनुभयो।

    मन्त्री खड्काले इन्जिनियरहरू कुनैपनि प्रोजेक्टमा छोटो समयसम्म काम गर्ने र अर्को प्रोजेक्टमा जाने गर्नाले प्रोजेक्टहरू अलपत्र परेको भन्दै यस सम्बन्धमा इन्जिनियरहरूको ध्यानाकर्षण गराउनुभयो।

    मन्त्री खड्काले इन्जिनियरहरूलाई द्विपक्षीय अथवा त्रिपक्षीय सम्झौता गरेर काम गर्न सुझाव दिनुभयो। उहाँले देश निर्माणमा इन्जिनियरहरूले मौरीको भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो ।


    बिहिवार, श्रावण ३ २०८१०४:२३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij