Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

महान्यायाधिवक्ता बडालद्वारा पद तथा गोपनीयताको शपथग्रहण

महान्यायाधिवक्ता बडालद्वारा पद तथा गोपनीयताको शपथग्रहण

  • बिहिवार, श्रावण ३ २०८१

  • 662
    SHARES

  • महान्यायाधिवक्ता बडालद्वारा पद तथा गोपनीयताको शपथग्रहण
    काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो ।
     
    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वरिष्ठ अधिवक्ता बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो ।
     
    शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहाय यादव,प्रधानमन्त्री ओली,प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उपस्थित हुनुहुन्थ्यो । 
     
    सरकार फेरिएसँगै सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि फेरिने प्रचलन छ । बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनुभएको थियो ।
     


    बिहिवार, श्रावण ३ २०८१०४:१८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij