Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

मधेश सरकारमा कांग्रेस पनि सहभागी हुने, चार मन्त्रीको नाम सिफारिस

मधेश सरकारमा कांग्रेस पनि सहभागी हुने, चार मन्त्रीको नाम सिफारिस

  • बिहिवार, श्रावण ३ २०८१

  • 1.1K
    SHARES

  • मधेश सरकारमा कांग्रेस पनि सहभागी हुने, चार मन्त्रीको नाम सिफारिस

    काठमाडौं। मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। अर्थ मन्त्रालयसहितका ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस सरकारमा सहभागी हुन लागेको हो। सोही अनुसार कांग्रेसले चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नामसमेत सिफारिस गरिसकेको छ। 

    सिफारिसअनुसार अर्थ मन्त्रीमा सुनिलकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जनार्दन क्षेत्री, ऊर्जा, सिँचाइ खानेपानी मन्त्रीमा शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा कौशल किशोर रायको नाम सिफारिस गरेर पठाएको छ।

    सिफारिस भएर आएका मन्त्री बिहीबार नियुक्त हुनेछन्। आज ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको मुख्यमन्त्री सतीशकुमार सिंहले जानकारी दिनुभयो।

     


    बिहिवार, श्रावण ३ २०८१०३:१३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij