काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ। आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी दिएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो ।बैठकले केही नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु गर्न सक्ने बताइएको छ। यसअघि सोमबार प्रधानमन्त्रीमा ओलीले शपथ लिएकै दिन मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
उक्त बैठकले बाढी–पहिरोबाट मृतकका परिवारलाई राहत दिने, कामु मुख्यसचिव तोक्ने, जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम दिनेसहितका १० निर्णय गरेको थियो ।