Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

देशको अहिलेको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री ओली

देशको अहिलेको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री ओली

  • बिहिवार, श्रावण ३ २०८१

  • 678
    SHARES

  • देशको अहिलेको अवस्था बदल्नैपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था अहिले राम्रो नभएको बताउनु भएको छ। आज ६२औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताउनुभएको छ।

    देश प्रशंसा गर्न लायक भएपनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताउनुभयो। उहाँले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताउनुभयो । उहाँले देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुशी हुन सकिने नरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो,‘‘देश समस्यामा छ। शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि। त्यस कारण देशको अवस्था राम्रो छैन। प्रशंसा गर्न लायक छैन देशको अवस्था। देश प्रशंसा गर्न लायक छ। देशको इतिहास प्रशंसा गर्न लायक छ। गौरवपूर्ण इतिहास छ। प्रशंसा गर्न लायक छ। भविष्य उज्ज्वल छ। त्यसमा कुनै सन्देह छैन तर आज सन्तोष मान्न, खुशी हुन सकिने अवस्था छैन। हामीले यस अवस्थालाई बदल्नै पर्नेछ।’’

    उहाँले इन्जिनियरहरुले उच्च आत्मबल,उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताउनुभयो। इन्जिनियरहरुको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ।

     


    बिहिवार, श्रावण ३ २०८१०२:५८:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij