Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

नयाँ सत्तासहकार्य प्रति पनि शंका, काम गरेर देखाउन सरकारलाई चुनौति, स्वार्थ केन्द्रीत गठबन्धन भन्दै एमाले रास्वपाको सत्तोसराप (खासखबर)

नयाँ सत्तासहकार्य प्रति पनि शंका, काम गरेर देखाउन सरकारलाई चुनौति, स्वार्थ केन्द्रीत गठबन्धन भन्दै एमाले रास्वपाको सत्तोसराप (खासखबर)

  • बुधवार, श्रावण २ २०८१

  • 1.3K
    SHARES

  • नयाँ सत्तासहकार्य प्रति पनि शंका, काम गरेर देखाउन सरकारलाई चुनौति, स्वार्थ केन्द्रीत गठबन्धन भन्दै एमाले रास्वपाको सत्तोसराप (खासखबर)

    काठमाडौं। संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेण्डा बनाएर नयाँ सत्तासहकार्यमा होमिएका नेपाली कांग्रेस र नेकपा एमालेमाथि ठूलो चुनौति छ। यी दुई दलहरुले प्रतिवद्धता गरेअनुसारको कार्यभार पुरा गर्न नसके जनताको नजरमा कमजोर बन्नुपर्ने देखिन्छ ।

    भ्रष्टचारका फाइल एकपछि अर्को खुल्दै जाँदा आत्तिएको आरोप लागेका एमाले–कांग्रेसले सुशासनका लागि गठबन्धन गरिएको हो भन्ने भाष्य निर्माण गर्नुपर्ने छ। त्यसका लागि हनिमून पिरियडभित्रै केही छनक देखाउन आवश्यक छ ।

    अहिले पनि विपक्षी दलहरुले यो गठबन्धन स्वार्थ प्रेरितको आरोप लगाइरहेका छन्। रास्वपा निकट कानून व्यवसायी यज्ञमणि न्यौपानेका अनुसार बेचन झा पक्राउको असर यी दुई दलमा परेको हो।जनतामा आशाको सञ्चार गरेको गठबन्धनले अब पनि काम नगर्ने छुट पाउने छैन ।

    पटकपटक मुलुकलाई प्रयोगशाला बनाउने अधिकार कसैमा हुँदैछ । विगत लामो समयदेखि सत्ता र प्रतिपक्षीको भूमिकामा रही मुलुक चलाएका दलहरु एक ठाउँमा उभिएर स्वार्थ केन्द्रीत नभई देश र जनताको पक्षमा उभिन आवश्यक छ ।

    नेकपा एमालेका नेता डा. भीम रावलले लामो समय अनिर्णयको बन्दी रहेको मुलुकलाई निकास दिन गठजोड भएको भए सकारात्मक हुने बताउनुभयो । मध्यरातको ७ बुँदे सहमति भने बाहिर ल्याउनुपर्ने उहाँको धारणा छ ।

    दुवै दल पटकपटक परिक्षण भइसकेकोले शंका धेरै उब्जिएका छन् । साच्चै मुलुक हीतका लागि घैँटोमा घाम लागेको हो भने यो सुनौलो अवसर पनि हो । कुटनीतिज्ञ डा. लोकराज बरालले अझैपनि विश्वस्त भइहाल्ने अवस्था नरहेको बताउनुभयो । दलहरुका सामू नराम्रो गर्ने छुट पनि नभएको बरालको तर्क छ ।

    ससाना दलहरुका लागि यो समिकरण टाउको दुखाई बनेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहालको उथलपुथलले आजित कांग्रेस एमाले एकठाउँमा उभिनुलाई धेरैले शुभ पनि भनेका छन् ।


    बुधवार, श्रावण २ २०८१०८:१९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij