काठमाडौं। प्रतिनिधि सभामा सत्तारुढ दलहरूको मुख्य सचेतक पदमा नेकपा एमालेका सांसद महेश बर्तौला नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई आज सत्तारूढ दलहरू मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको हो।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा साउन २ गते आजबाट लागू हुनेगरी मनोनयन गरिएको हो।
मुख्य सचेतकलाई सत्तारुढ दलबाट नियुक्त गर्ने गरिन्छ। मुख्य सचेतकले सत्तारुढ दलका प्रमुख सचेतकको समेत नेतृत्व गर्ने संसदीय व्यवस्था छ। बर्तौला यसअघि एमालेको सचेतक र प्रमुख सचेतक भएर काम गरिसक्नु भएको छ।