Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

महान्यायाधिवक्तामा फेरी वडाल नियुक्त

महान्यायाधिवक्तामा फेरी वडाल नियुक्त

  • बुधवार, श्रावण २ २०८१

  • 929
    SHARES

  • महान्यायाधिवक्तामा फेरी वडाल नियुक्त

    काठमाडौं। महान्यायाधिवक्तामा फेरी पनि वरिष्ठ अधिवक्ता रमेश वडाल नियुक्त हुनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज वडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम वडाललाई महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

    काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो। वडाल यसअघि पनि ओली नै प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनु भएको थियो ।

     


    बुधवार, श्रावण २ २०८१०४:२८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij