Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

  • बुधवार, श्रावण २ २०८१

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री ओलीले ६ गते विश्वासको मत लिने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुनुभएको छ। प्रधानमन्त्री ओलीले अब बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताउनु भयो।

    राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई गत आइतबार असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो। त्यसको भोलिपल्ट ३१ गते सोमबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो।संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

    प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरुसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गर्नुभएको बर्तौलाले बताउनुभयो।साउन ६ गते नै प्रधानमन्त्री ओलीले संसद बैठकबाट देशबासीको नाममा सम्बोधन गर्ने मिति पनि तय गर्नुभएको छ।


    बुधवार, श्रावण २ २०८१०३:५७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij