Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

  • बुधवार, श्रावण २ २०८१

  • 967
    SHARES

  • परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट
    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेट्नुभएको छ । बुधबार मन्त्री देउवाकै कार्यकक्षमा भएको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको उहाँले बताउनुभएको छ । 
     
    सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा भेटबारे जानकारी दिँदै उहाँले लेख्नुभएको छ, ‘माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुसी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ ।’
     
    राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी पनि भइरहेको जानकारी दिनुभएको छ । ‘भेटमा हामीले हाम्रो बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति गरेका छौं । हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं,’ उहाँले लेख्नुभएको छ।
     
    यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गर्नुभएको थियो ।


    बुधवार, श्रावण २ २०८१०२:१८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij