Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस–एमालेको सत्तासहकार्यले साना दल ओझेलमा,शुरुमै समर्थन गरेको जसपा नेपाल सरकारमा अटाएन, विभिन्न तर्क वितर्क सुरु (खासखबर)

कांग्रेस–एमालेको सत्तासहकार्यले साना दल ओझेलमा,शुरुमै समर्थन गरेको जसपा नेपाल सरकारमा अटाएन, विभिन्न तर्क वितर्क सुरु (खासखबर)

  • मंगलवार, श्रावण १ २०८१

  • 1.9K
    SHARES

  • कांग्रेस–एमालेको सत्तासहकार्यले साना दल ओझेलमा,शुरुमै समर्थन गरेको जसपा नेपाल सरकारमा अटाएन, विभिन्न तर्क वितर्क सुरु (खासखबर)

    काठमाडौं। नेपाली कांग्रेस र एमालेबीचको सत्तासहकार्यले साना दलहरुको महत्व खुम्चिँदै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुँदा केही साना दलहरुलाई झट्का लागेको हो ।

    सरकारलाई नै समर्थन गरेका जसपा नेपाल, राप्रपा र नागरिक उन्मुक्ति पार्टीलाई हालको गठबन्धनले बेवास्ता गरेको छ । शुरुमै अहिलेको समिकरणलाई समर्थन गरेको जसपा नेपाल सरकारमा अटाएन भने मन्त्री बन्न दौडधुपमा रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेत कांग्रेस एमालेले उन्मुक्ति दिएको छ ।

    जसपा नेपालले भने आफूहरु सत्तामा जानका लागि लबिङमै नरहेको दाबी गरेको छ। पार्टीका नेता मनिष सुमनले सरकारमा जान नभई संविधान संशोधनका लागि मात्रै सरकारलाई समर्थन गरेको बताउनुभयो ।

    लामो समयको अस्थिरतालाई चिर्नका लागि समिकरण बनेको दाबी गरेका कांग्रेस एमालेले साना दलहरुको च्याँखे दाउका कारण मुलुक संकटमा गएको अथ्र्याएका छन्। दुई विशाल पार्टी एकढिक्का हुँदा स्वभावैले साना पार्टीहरु ओझेलमा परेका हुन्।

    राजनीतिक विश्लेषक डा. केपी शर्माले साना दलहरु शेयर मार्केटझैँ ओरालो लागेको दाबी गर्नुभयो। संविधान संशोधन मुख्य एजेण्डा भएकोले १८४ सांसद जुट्दा बहुमत पुग्ने हुँदा त्यो बाहेकका दल र सांसदहरु बाहिरै छुटेका छन्।

    राजनीतिक रुपमा स्वार्थको रोटी बेल्नेहरुलाई यो गठबन्धनले ठूलो पाठ सिकाउने पक्कापक्की छ। जनताले प्रतिपक्षीको म्याण्डेड दिएका दलहरुले नै सत्ताका चापी च्याप्न खोज्दा बढारिने संकेत देखाएको हो।

    अर्का, राजनीतिक चिन्तक हरिहर पोखरेलले २०५२ सालदेखि आजको मितिसम्म मुलुकको ध्यान प्रचण्डलाई व्यवस्थापन गर्न पट्टी लागेको दाबी गर्नुभयो । अहिलेको गठबन्धनले उहाँलाई पढाउने पोखरेलको तर्क छ।

    यो समिकरणले दुई दलीय पद्धतीको विकास गर्नेतर्फ ध्यान केन्द्रीत गरेको धेरैको आंकलन रहेको छ । यसैबीचमा प्रधानमन्त्री ओलीले शक्ति सन्तुलनका लागि कसरत गर्ने सम्भावना समेत देखिन्छ । टुक्रे प्रजातान्त्रिक र वामपन्थी दलहरुलाई आफ्नो पार्टीमा मिसाउन दुई ठूला दलहरुको ध्येय रहेको आशंका पनि छ ।


    मंगलवार, श्रावण १ २०८१०८:२०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij