Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो’ : प्रम ओली

‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो’ : प्रम ओली

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.1K
    SHARES

  • ‘मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर धकेल्नु हो’ : प्रम ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताउनुुभएको छ । आज काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफू त्यसका लागि तयार नभएको बताउनुुभएको हो ।

    आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले बाहिर आफूविरुद्ध विभिन्न तयारी भइरहेको भन्दै त्यस्ता हल्लाले केही नहुने दावी गर्नुभयो ।

    आफू करले नभएर जनताको आवश्यकता र समर्थनले आएको बताउदै उहाँले ढुक्क भएर काममा लाग्न आग्रह गर्नुभयो । जे कुरामा पनि आलोचना गर्ने । अस्थिरताको खेती गरिरहने प्रयास गरिरहेने केहिको आदत भएको र त्यस्तालाई केहि गर्न नसकिने उहाँको भनाइ छ ।


    बुधवार, कार्तिक १९ २०७७०३:३२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij