Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीको क्याविनेटका २१ मन्त्रीले सम्हाले कार्यभार, देश र जनताका लागि फरक गर्न सक्नेमा शंका कायमै

प्रधानमन्त्री ओलीको क्याविनेटका २१ मन्त्रीले सम्हाले कार्यभार, देश र जनताका लागि फरक गर्न सक्नेमा शंका कायमै

  • सोमवार, आषाढ ३१ २०८१

  • 346
    SHARES

  • प्रधानमन्त्री ओलीको क्याविनेटका २१ मन्त्रीले सम्हाले कार्यभार, देश र जनताका लागि फरक गर्न सक्नेमा शंका कायमै

    काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको थियो । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् ।दुई ठूला दल कांग्रेस र एमाले मिलेर सत्ता सहकार्य गरेसँगै जनतामा आशा पलाएको भएपनि गतिविधि सुध्रिनेमा शंसय पनि कायमै रहेको छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले फरक ध्रुवमा उभिएका दलहरुको सत्तासहकार्यले पनि खास उपलब्धि हासिल गर्नसक्नेमा शंका व्यक्त गर्नुभएको छ ।

    प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको छ । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ ।नागरिकमादेखिएको वितृष्णा चिर्न गठबन्धन भएपनि राजनीतिक बेइमानी सजिलै गरी समाप्त नहुने राजनीतिक विश्लेषक डम्बर खतिवडाको दाबी रहेको छ ।

    राजनीतिमा नयाँ बोतलमा पुरानै ह्विस्की देखिएपनि जनताले आशा मारेका छैनन् । आगामी दिनको राजनीतिक कसरत सही बाटोमा जाने आम नागरिकको अपेक्षा रहेको छ । पटकपटक प्रयोग भइसकेका दल र तिनका मन्त्रीहरुले दिने डेलिभरीमा सुधार आउन सकेन भने जनताले यो अन्तिमपटक पनि बनाउनेस्थिति देखिन्छ । अबको रणनीति कुरा कम काम बढी देखाउने हुन आवश्यक छ ।


    सोमवार, आषाढ ३१ २०८१०८:२०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij