Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आजदेखि मनकामना केबलकार ५० दिन बन्द

आजदेखि मनकामना केबलकार ५० दिन बन्द

  • सोमवार, आषाढ ३१ २०८१

  • 957
    SHARES

  • आजदेखि मनकामना केबलकार ५० दिन बन्द

    काठमाडौं। नेपालको पहिलो केबलकार मनकामना केबलकार आजदेखि ५० दिनका लागी बन्द भएको छ। नियमित मर्मत सम्भारका लागि आज असार ३१ गतेबाट लागु हुने गरी ५० दिन बन्द गर्नु परेको मनकामना केबलकारका नायब महाप्रबन्धक उज्जल सेरचनले जानकारी दिनुभयो।

    उहाँका अनुसार मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ। मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो।

    २०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो। २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ।

    प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ध्यान दिँदै आएको छ। मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनर्थीलाई मध्यनजर गर्दै १ महिना अगाडि सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ। साथै दर्शनर्थीलाई परेको असुविधा प्रति क्षमा याचना गर्दै यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने समेत प्रालिले सोमबार सूचना निकालेर जानकारी गराएको छ

     


    सोमवार, आषाढ ३१ २०८१०७:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij