Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

केपी ओली भोली प्रधानमन्त्री बन्दै ,यस्तो छ तयारी

केपी ओली भोली प्रधानमन्त्री बन्दै ,यस्तो छ तयारी

  • शनिवार, आषाढ २९ २०८१

  • 3.3K
    SHARES

  • केपी ओली भोली प्रधानमन्त्री बन्दै ,यस्तो छ तयारी

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोली प्रधानमन्त्री बन्दै हुनुहुन्छ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई भोली प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनुभएको हो।

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निर्धारण गर्नुभएको समयपछि आइतबार उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

    राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गर्नुभएको छ। उहाँको आव्हानअनुसार नेपाली काँग्रेस र नेकपा (एमाले)ले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिसमक्ष शुक्रबार राति नै दावी पेश गरिसक्नुभएको छ।

    “राष्ट्रपति पौडेलले निर्धारण गर्नुभएको समयपछि प्रधानमन्त्रीमा ओली आइतबार नियुक्त हुनुहुनेछ। शपथ कार्यक्रम सोमबार मात्र हुनेछ” प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधिसभामा पहिलो ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको छ। संविधानको धारा ७६ (२) अनुसार उहाँले सो पदका लागि दावी पेश गर्नुभएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएपछि नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया सुरु भएको हो । काँग्रेस–एमालेले नयाँ प्रधानमन्त्रीको नियुक्त भएलगत्तै मन्त्रीहरुलाई सरकारमा पठाउनेगरी गृहकार्यमा जुट्नुभएको छ ।


    शनिवार, आषाढ २९ २०८१०७:२८:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij