Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड, यस्ता छन् दुई आधार

मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड, यस्ता छन् दुई आधार

  • शनिवार, आषाढ २९ २०८१

  • 2.8K
    SHARES

  • मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड, यस्ता छन् दुई आधार
    काठमाडौं । नेपाली कांग्रेसले  एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको छ । शनिबार(आज) बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
     
    साथै बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । बैठकले योगदान र योग्यता, समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो।
     
    बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरूले एकै पटक शपथ लिने प्रवक्ता डा. महतले बताउनुभयो ।
     


    शनिवार, आषाढ २९ २०८१०४:१७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij