Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चारपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई पाँचौँ पटकमा धक्का, नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी (खास खबर)

चारपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई पाँचौँ पटकमा धक्का, नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी (खास खबर)

सत्ता सहकार्यमा षडयन्त्र रहेको प्रचण्डको शंका
  • शुक्रवार, आषाढ २८ २०८१

  • 1.2K
    SHARES

  • चारपटक विश्वासको मत पाएका प्रधानमन्त्री प्रचण्डलाई पाँचौँ पटकमा धक्का, नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीको दाबी (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । उहाँको पक्षमा ६३ र विपक्षमा १९४ मत खसेका छन्, तटस्थमा १ मत रहेको छ । भावी प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारिएको छ । काम चलाउ प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलहरू कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमा जालझेल रचिएको आरोप लगाउनुभएको छ । राति कुनै अमुक व्यापारीको घरमा गएर गरिएको सम्झौता मुलुक र राष्ट्रका लागि नभई षडयन्त्र रहेको उहाँको भनाइ छ । राष्ट्रिय सहमतिको विमर्श संसद् छोडेर मध्यराति गरिनु नै षडयन्त्रको पराकाष्ठा भएको प्रचण्डको दाबी छ । 
     
    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो मुखमा लागेको धुलो नहेरी ऐना मात्रै पुछ्न खोज्दा समस्या सिर्जना भइरहेको बताउनुभयो । प्रचण्डतर्फ इंगित गर्दै लेखकले अरूका गल्ती मात्रै देखेर आफू नसुध्रिँदा दुई ठूला प्रतिस्पर्धी दल एक ठाउँमा आउनु परेको बताउनुभयो । 
     
    नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रचण्डलाई जाने ठाउँ कतै नरहेको भन्दै एकताबद्ध भएर राष्ट्रिय सहमतिमा आउन आग्रह गर्नुभयो । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्वर्ग र नर्कसँगै जाने विषय सहमतिमै जाउ भन्नका लागि उठाएको भट्टराईको दाबी थियो । आगामी दिनमा धम्की नभएर सहमतिमै जान खोज्नु बुद्धिमानी हुने उहाँको भनाइ छ । 
     
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विगतमा ठूला दलहरू मिलेर सुशासन कायम गरिदिएको भए आफूहरूको जन्मै नहुने ठोकुवा गर्नुभयो । अहिलेको अवस्थामा दुई दलबीच भएको सहमतिमा तुष लुकेको उहाँको भनाइ छ । 
     
    कांग्रेस–एमालेको नयाँ सहकार्यले मुलुकमा राजनीतिक स्थायित्वको परिकल्पना गरिएको छ । दुई ठूला दलहरूले जनतालाई डेलिभरी दिने गरी काम गर्नसक्ने विश्वास लिइएको छ । संविधान संशोधनदेखि निर्वाचन प्रणालीमा सुधार गरिने विषय आजको आवश्यकता रहेको र त्यसतर्फ अहिलेको सत्ता सहकार्य जानुपर्ने विश्लेषकहरूको सुझाव छ । 
     
     


    शुक्रवार, आषाढ २८ २०८१०८:०५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij