Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर कहिलेसम्म स्वार्थको रोटी सेक्ने हो ?

प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर कहिलेसम्म स्वार्थको रोटी सेक्ने हो ?

  • शुक्रवार, आषाढ २८ २०८१

  • 621
    SHARES

  • प्रधानमन्त्रीज्यू ! जातजातिलाई भड्काएर कहिलेसम्म स्वार्थको रोटी सेक्ने हो ?

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जातजाति भड्काएर राजनीति गर्ने परिपाटी बन्द गर्न सुझाव दिनुभएको छ।

    आज जारी प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धी छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनु भएको हो।

    आज संसदमा बोल्दै प्रधानमन्त्रीले दलित र जनजातिलाई आफूहरूले दिलाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेपछी शाहीले यस्तो जवाफ फर्काउनु भएको हो।

    प्रधानमन्त्री प्रचण्डले दलितको कुरा गरिरहँदा आफ्नो मन्त्रिपरिषदलाई फर्केर हेर्न उहाँले सुझाव दिनुभयो। सांसद शाहीले प्रधानमन्त्रीको पार्टीमा दलित÷जनजाति अध्यक्ष कहिले हुन्छन् भन्ने प्रश्नसमेत गर्नुभयो।

     


    शुक्रवार, आषाढ २८ २०८१०४:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij