Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

‘एउटा फाइल खोलेको २४ घण्टामै सरकार ढल्यो, अरू कसरी खोल्ने?’

‘एउटा फाइल खोलेको २४ घण्टामै सरकार ढल्यो, अरू कसरी खोल्ने?’

  • शुक्रवार, आषाढ २८ २०८१

  • 452
    SHARES

  • ‘एउटा फाइल खोलेको २४ घण्टामै सरकार ढल्यो, अरू कसरी खोल्ने?’

    काठमाडौं। उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा फाइल खोलेको २४ घण्टामा कांग्रेस एमाले मिलेर सरकार ढालिदिएको आरोप लगाउनु भएको छ।

    आज जारी प्रतिनिधी सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उहाँले कांग्रेस एमालेले एउटा फाइल खोलेपछी सरकार ढालिदिएपछी अन्य फाइल खोल्न नसकेको बताउनुभो।

    उहाँले बताउनुभयो,‘एउटा फाइल खोलेको २४ घण्टामा मिल्नुभयो। अनि अरू कसरी खोल्ने ?’ सरकारमा गएर सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्नुभयो। उहाँले सुशासनका लागि एकाएक दुई ठूला दललाई मिल्नुपर्ने अवस्थामा पु¥याउने गरी काम गरेको बताउनुभयो।

    अहिले जसरी शक्ति बाँडफाँट भएको छ,त्यो लोकतन्त्रको खम्बा भएको दाबी गर्दै उहाँले दुई ठूला दल मिल्दा शक्ति बाँडफाँट नडगमगाओस् भन्दै उहाँले खबरदारी गर्नुभयो। उहाँले दुई दलबीच भएको सहमति अहिलेसम्म सार्वजनिक नभएकोप्रति पनि आशंका व्यक्त गर्नुभयो।


    शुक्रवार, आषाढ २८ २०८१०४:०८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij