Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.5K
    SHARES

  • भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

    काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे आज नेपाल आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि भारतीय सेनाको विशेष विमानमार्फत उनी अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

    नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी ग्रहण गर्न उनी चार सदस्यीय टोलीका साथ काठमाडौं आइपुगेका हुन् ।

    सेनाध्यक्ष नरवणेको तीन दिवसीय भ्रमणका बेला सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    नरवणेको नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने बिज्ञहरुको भनाइ छ ।

    बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

    फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उनले भेटवार्ता गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।


    बुधवार, कार्तिक १९ २०७७१२:४२:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij