Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस–एमालेको नैतिकता खोई ?

कांग्रेस–एमालेको नैतिकता खोई ?

  • शुक्रवार, आषाढ २८ २०८१

  • 900
    SHARES

  • कांग्रेस–एमालेको नैतिकता खोई ?

    काठमाडौं। प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नै नभएको आरोप लगाउनु भएको छ।आज जारी प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उहाँले आँफूले अल्पमतमा परेसँगै नैतिकता देखाएको भन्दै त्यस्तो नैतिकता काँग्रेस एमालेले किन नदेखाएको ? भन्ने प्रश्न गर्नुभयो।

    उहाँले भन्नुभयो,‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो। त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’

    कांग्रेसको हकमा पनि त्यही लागु हुने उहाँको भनाइ छ। डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उहाँले त्यो डर सुशासनको भएको दाबी गर्नुभयो।

    उहाँले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ। उहाँले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताउनुभयो ।


    शुक्रवार, आषाढ २८ २०८११२:५१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij