Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

  • शुक्रवार, आषाढ २८ २०८१

  • 922
    SHARES

  • संसद् विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउने ?

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोख्नु भएको छ।

    आज प्रतिनिधिसभा बैठकमार्फत विश्वासको मत लिने क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै उहाँले संसद नै विघटन गर्ने बानी परेकाहरुले आफूलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको टिप्पणी गर्नुभएको हो।

    उहाँले सरकारसँग डराएर नेपाली कांग्रेस र नेकपा एमाले मिलेको आरोप लगाउनु भयो।अहिलेको संविधानमा नेकपा(माओवादी केन्द्र)को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताउनु भयो।

    उहाँले भन्नुभयो,‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो। ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ।’

     


    शुक्रवार, आषाढ २८ २०८११२:४२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij