Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जनमतको निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जनमतको निर्णय

  • बिहिवार, आषाढ २७ २०८१

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने जनमतको निर्णय
    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार(आज) बसेको पार्टी बैठकले उक्त निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो ।
     
    नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
     
    सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत माग्दै हुनुहुन्छ । तर उहाँले विश्वासको मत पाउने सम्भावना न्यून छ ।


    बिहिवार, आषाढ २७ २०८१०४:१२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij