Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक २२ सय बिन्दुमाथि, यस्तो छ आजको कारोबार

नेप्से परिसूचक २२ सय बिन्दुमाथि, यस्तो छ आजको कारोबार

  • बिहिवार, आषाढ २७ २०८१

  • 1.2K
    SHARES

  • नेप्से परिसूचक २२ सय बिन्दुमाथि, यस्तो छ आजको कारोबार

    काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन बिहीबार(आज) नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन हिजो नेप्से २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको थियो।  सो दिन ५ अर्ब ७४ करोड  रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

    यसदिन ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर ७ अर्ब  ८ करोड  ६ लाख ९८ हजार १४६ रुपैयाँमा खरिदबिक्री भए। हिजोको तुलनामा आज कारोबार रकम भने २ अर्बले बढेको हो।

    यसदिन बलेफी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमाा कारोबार भयो।  सो कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्यो। सिटीजन्स सुपर ३० म्युचुअल फण्डको सेयर ९.९७ प्रतिशतले बढ्दा  एनआईबीएल स्टाबल फण्डको ९.८३,जानकारी फाइनान्सको ८.७६ र सिटीजन्स म्युचुअल फण्डको सेयर  ७.८२ प्रतिशतले बढेको हो।

    कारोबार रकमका आधारमा  सीएचडीसी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। ग्लोबल आइएमई बैंकको १४ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा हिमालय रिइन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स १२–१२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर ११ करोड मूल्य बराबरमा कारोबार भयो।

    कारोबारमा आएका १५४ कम्पनीको मूल्य बढ्दा ७८ वटाको  घट्यो भने १२ वटाको मूल्य स्थिर रह्यो। माइक्रो फाइानान्सबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ३.०६ प्रतिशतले बढ्यो।


    बिहिवार, आषाढ २७ २०८१०४:०७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij